फागुन २५, माङसेबुङ । नेकपा माओवादी केन्द्र माङसेबुङको दोस्रो गाउँअधिवेशन सम्पन्न भएको छ ।
माङसेबुङ ३ चतुरेमा आयोजित कार्यक्रममा पार्टिलाई योगदान गरेका ५० भन्दा बढी अग्रज व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । यसका साथै ३८ जनाले विभिन्न पार्टि परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए ।
खुल्ला सत्रको कार्यक्रम पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता र माङसेबुङ अध्यक्ष पृथीमान चवेगुको सभाध्यक्षता भएको थियो ।
पार्टि प्रवेश गर्नेहरुमा युवा व्यवसायीहरु रोशन राई, अनिस सुनुवार, कविता राई सहित ज्योती राई, दिपेश राई, रमेश राई, विक्रम राई, राम बहादुर राई, याम बहादुर राई, लक्षुमन राई, याममाया राई, मनमाया राई, काजी कुमार राई, खड्ग बहादुर शेर्मा, महेश्वर लिम्बू, सुनिल लिम्बू, सविन योङहाङ, सिता लिम्बू, जिना राई, सुवास राई, विकास राई, सुवास योङहाङ, मनिला योङहाङ, कमल विक लगायत रहेका छन् ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि सहित माओवादी केन्द्र केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा, प्रदेश सचिवालय सदस्य तथा इलाम जिल्ला सह–इन्चार्ज कान्छा लावती, इलाम जिल्ला संयोजक विजय खम्बू, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिम, माङसेबुङ इन्चार्ज लक्षुमन राई लगायतले स्वागत गरेका थिए ।
प्रकाश बुढाथोकीको नेतृत्वमा नयाँ कार्य समिति
यसैबीच अधिवेशनले प्रकाश बुढाथोकीको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपाध्यक्षहरुमा नरबहादुर आङदेम्बे, रोशन राई र समिक्षा खड्का निर्वाचित भएका छन् । सचिवमा हरी राई, सह–सचिव जसुमाया तामाङर कोषाध्यक्षमा राजकुमार राई निर्वाचित भएका छन् ।
सदस्यहरुमा बेद बहादुर खत्री, सन्तोष लावती, कविता राई, अनिस सुनुवार, रविन राई, सन्त बहादुर राई, रुद्र लिम्बू, हरी कार्की, डम्बर शंकर, प्रेम सुब्बा, सुनिता राई, सिर्जना मङग्रान्ती, विना थेवे, राज कुमार राई (धर्ती), रिता राई, सेमी लिम्बू,रेख बहादुर मगर, सन्त बहादुर राई र खिना बराइली निर्वाचित भएका छन् ।