adv

दोस्रो करेन्ट अन्तराष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपिएफलाई

 

फागुन २५, इलाम दोस्रो करेन्ट अन्तराष्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ को उपाधि एपिएफ फुटबल क्लबले जितेको । शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई गोल अन्तरले हराउदै एपिएफले उपाधि जितेको हो शनिबार इलामको ठूलो टुँडिखेलमा भएको फाइनल खेलमा एपिएफका लागि सविता रानामगर गीता रानाले गोल गरिन् आर्मीको लागि सान्त्वना गोल विमला चौधरीको नाममा रह्यो

पहिलो हाफको २५औं मिनेटमा एपिएफकी गीता रानाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाईन् पहिलो हाफमा एकगोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफको १९औं मिनेटमा सबिता रानामगरको गोलबाट अग्रता दोब्बर बनायो

आर्मीकी विमला चौधरीले दोस्रो हाफको २६औँ मिनेटमा गोल गरे पनि खेलमा फर्कन सकेन

विजेता एपिएफले नगद चार लाख सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्यो भने उपविजेता आर्मीले नगद दुई लाख सहित ट्रफी, मेडल प्रमाणपत्रमा चित्त बुझायो

फाइनल खेलको लेयर अफ दी म्याच सविता रानामगर भइन् उनले नगद पाँच हजार प्राप्त गरिन्

व्यक्तिगत विधातर्फ आर्मीतर्फ उत्कृष्ट गोलकिपर अन्जना रानामगर, उत्कृष्ट डिफेन्डर विमला विक घोषित हुँदा एपिएफबाट हाइ स्कोरर रश्मिकुमार घिसिङ, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी प्लेयर अफ दी टुर्नामेन्ट कप्तान अनिता बस्नेत भइन्

विधागत पुरस्कारतर्फ जनही नगद १० हजार प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट खेलाडी बनेकी बस्नेतले नगद १५ हजार ट्रफी पाइन्

विजेताहरुलाई पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, आयोजक क्लबका अध्यक्ष ध्रुवराई लगायतले पुरस्कार प्रदान गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु