adv

एमालेको तीन महिने वडा केन्द्रित जरा अभियान फाकफोकथुममा सम्पन्न

 

चैत , इलाम नेकपा एमालेको तीन महिने वडा केन्द्रित जरा अभियान फाकफोकथुम मा सम्पन्न भएको एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित थालेकोमिसन८४अभियानलाई तीव्रता दिएको यसैक्रममा फाकफोकथुम वडाकमिटीले अभियान अन्तर्गत वडा स्तरीय अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको

फाकफोकथुम फुएतप्पा स्थित आदिवासी जनजाति भवनमा वडा कमिटीको पहिलो विस्तारित बैठक सँगै अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो

भेलाबाट सचिवालयको निर्णय वडा कमिटीले अनुमोदन गरेको नेकपा एमाले फाकफोकथुम गाउँ कमिटीले परिभाषित गरेका टोल ईन्चार्जको नेतृत्वमा आगामी चैतको १७ गते सम्ममा वटा टालको अधिवेसनहरु सम्पन्न गर्ने निर्णय गरेको

कार्यक्रममा पालिका कमिटी अध्यक्ष अर्जुन कुमार लिम्बु जिल्ला कमिटी सदस्य गायत्रीदेवी रेग्मीले शुभकामना मन्तव्य राखेका थिए

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य राजकुमार थापाले पार्टीको आगामी रणनीति कार्यदिशाबारे चर्चागरे अभियानको मुख्य वक्ता नेकपा एमाले इलाम उपसचिव गणेश बरालले अभियानको उद्देश्य महत्वमाथि प्रकाश पारेका थिए

बैठकमा जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ईन्चार्ज गायत्री रेग्मी, जिल्ला सल्लाहकार परिषद सदस्य दिलेन्द्र खनाल, पालिका उपसचिव कविता राई, पालिका सचिवालय सदस्य हरी दंगाली, पुराना अग्रज नेताहरु जीवन सापकोटा, प्रेम सागर रेग्मी, केबी राई, प्रदेश कमिटी सदस्य तथा पालिका पार्टी इन्चार्जहरुले पनि आफ्नो धारणा राखेका थिए नेकपा एमाले फाकफोकथुम अध्यक्ष अम्बर लिम्बू योङ्हाङको अध्यक्षतामा सम्पन्न बैठक तथा अनुशिक्षण कार्यक्रमको स्वागत मन्तव्य वडा कमिटीका उपाध्यक्ष ज्ञानु पिठाकोठेले राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव ढाका बहादुर मगरले गरेका थिए

एमालेका नेताहरु यस अभियानले पार्टीलाई थप सुदृढ बलियो बनाउन मद्दत गर्ने विश्वास लिएको बताउछन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु