चैत ७, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा प्रथम तरुण दल गोल्डकप २०८१ फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल तरुण दल माङसेबुङ समितिको आयोजनामा हुने प्रतियोगिता माङसेबुङ–३ चतुरे खेलमैदानमा हुनेछ । चैत १८ देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच सहित प्लेयर अफ द टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट कोचले आकर्षक पुरस्कार पाउेछन् ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको प्रतियोगिताले समग्र माङसेबुङलाई फाइदा पुग्नु पर्ने तर्क राख्छन् तरुण दल माङसेबुङ अध्यक्ष तथा प्रतियोगिता संयोजक सुनिल राई । उनले खेलकुद प्रतियोगिताहरु भइरहने हो भने स्थानीय खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । भन्छन् गाउँघरमा प्रतिभावान् खेलाडीहरु छन् तर उनिहरु पहुँच नहुदा अवसरको सदुपयोग गर्न सकिरहेका छैन । अब गाउँ स्तरको सम्भावना बोकेका खेलाडीहरुलाई राष्ट्रस्तरको टिममा पुग्ने गरिको गुरुयोजना स्थानीय सरकारले बनाउनु पर्ने हुन्छ ।
प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजक समितिले जानकारी दिए । समितिका अनुसार सहभागी टिमहरु धमाधम सम्पर्कमा आइरहेको छ । अहिले भने मैदानलाई अझ राम्रो बनाउने प्रयास भइरहेको छ ।



