गोविन ल्वागुन, झिलझिले । शिवसताक्षी ८ झिलझिले स्थित सेभेन सिज अङ्ग्रेजी माध्यमिक विधालयले एसइइ दिएका विधार्थीहरुलाई बिदाइ गरेको छ ।
शनिबार विधालय परिसरमा एक कार्यक्रमका बीच १३औं ब्याचका ४५ जना विधार्थीहरुलाई मायाको चिनो दिएर बिदाइ गरिएको हो ।
लामो समय देखि गुणस्तरीय शिक्षा दिदै आइरहेको यस विधालयले कम्तिमा १३ वर्ष सम्म अध्ययन गरी उच्च शिक्षा लिन बिदा हुने विधार्थीहरुलाई हौसला स्वरुप बिदाइ कार्यक्रम गर्ने गरेको प्रिन्सिपल दिपक कडरिया बताउछन् । उनका अनुसार यस विधालयमा प्रत्येक वर्ष उत्कृष्ट अंकका साथ विधार्थिहरु उत्तीर्ण हुने गरेका छन् ।
बिर्ख बहादुर कडरियाको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा कक्षा १० मा अध्यापन गर्ने शिक्षक हरुलाइ पनि मायाको चिनी दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा खेम प्रसाद निरौला प्रधानाध्यापक झिलझिले मावि, दिपा राई शिक्षिका, सौगात कडरिया विधार्थी, जगदिप चौहान अभिभावक, फुर्वा लामा राष्ट्रिय युवा संघ झापाका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।





