adv

प्रथम तरुण दल गोल्डकप- उद्घाटन खेलमा चिभुवा र मान्द्रे विजयी

चैत १८, माङसेबुङ ईलामको माङसेबुङमा प्रथम तरुण दल गोल्ड कप २०८१ सुरु भएको सोमबार माङसेबुङ चतुरेमा बजारमा रहेको खेल मैदानमा भएको उद्घाटन खेलमा प्रयास युवा क्लब चिभुवा विजयी भएको युथ अफ   माङसेबुङलाई का विरुद्ध गोलगर्दै चिभुवा दोस्रो चरण प्रवेश गरेको हो

त्यसैगरी सोमबार नै भएको दोस्रो खेलमा क्रोएसिया न्यू ब्वाइज एफसि गौरदहलाई टाइब्रेकरमा गोल अन्तरले पराजित गर्दै मान्द्रे एफसि दोस्रो चरण पुगेको

मंगलबार हुने दोस्रो दिनको पहिलो खेल आयोजक माङसेबुङ इलाम बिच हुनेछ भने दोस्रो खेल माङमालुङ एफसि पावा एफसि बिच हुनेछ

कार्यक्रममा तरुण दल इलाम अध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने माङसेबुङ निर्वाचित वडा अध्यक्ष जनम खम्बु, कांग्रेस नेताहरु रनमान थेवे, डिल्लि राजालिम लगायत अतिथिहरु रहेका थिए

चैत १८ देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन्

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको प्रतियोगिताले समग्र माङसेबुङलाई फाइदा पुग्नु पर्ने तर्क राख्छन् तरुण दल माङसेबुङ अध्यक्ष तथा प्रतियोगिता संयोजक सुनिल राई उनले खेलकुद प्रतियोगिताहरु भइरहने हो भने स्थानीय खेलाडी उत्पादनमा टेवा पुग्ने बताए भन्छन् गाउँघरमा प्रतिभावान् खेलाडीहरु छन् तर उनिहरु पहुँच नहुदा अवसरको सदुपयोग गर्न सकिरहेका छैन अब गाउँ स्तरको सम्भावना बोकेका खेलाडीहरुलाई राष्ट्रस्तरको टिममा पुग्ने गरिको गुरुयोजना स्थानीय सरकारले गर्नु पर्ने हुन्छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु