चैत १९, फाकफोकथुम । राम नवमी कप २०८१ नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । चैत २२ गतेबाट सुरु हुने राम नवमी महोत्सवसँगै भएको प्रतियोगिता फाकफोकथुम ५ लुम्दे नवमी बजारको पोखरी खेल मैदान भइरहेको छ ।
राम नवमी महोत्सव खेलकुद तथा सांस्कृतिक कार्यक्रम समितिको आयोजनामा भएको उद्घाटन सत्र फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, फाकफोकथुम ५ वडाअध्यक्ष सुदिप मगर, इलाका प्रहरी कार्यलय रविका प्रहरीनिरीक्षक ढुण्जिराज गिरी लगायत विभिन्न सामाजिक, राजनैतिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई प्रमुख अतिथि तथा अतिथिहरुले खेल मैदानको बिच भागबाट जोडी परेवा उडाएर उद्घाटन गरेका थिए ।
आयोजक समितिका अध्यक्ष प्रविण राईका अनुसार इन्ट्रि फि ५०० रुपैयाँ मात्र लिएको प्रतियोगितामा सहभागी टिमहरुलाई फेयर बापत ५००० रुपैयाँ दिएको हो । उनी भन्छन्– हामीले उत्कृष्ट प्रतियोगिता साथै महोत्सव आयोजना गरेर सहयोगी दाताहरुको सम्मान गर्नु छ।
उद्घाटन खेलमा तुम्बेवा गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोल अन्तरको जित निकाल्यो भने मिक्लाजुङले आयोजकलाई पेनाल्टि सुटआउटमा हरायो ।


