adv

नो कोशी नो केवलकार आन्दोलनबारे गोष्ठी गर्दै जसपा नेपाल, आन्दोलनलाई गति दिने प्रयास

इटहरी जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेश नाम खारेजी नो केबलकार आन्दोलनलाई गति दिने प्रयासमा जुटेको नो कोशी आन्दोलनका लागि गठन भएको प्रदेश पुनः नामाङ्कन आन्दोलन नो केबलकार आन्दोलन दुवैमा सक्रिय उपस्थिति जनाउँदै आएको जसपा नेपालले यी दुवै मुद्दालाई राजनीतिकरण गर्ने संकेत गरेको

आउँदो बैशाख २० गते शनिबार जसपा नेपालको नम्बर प्रदेश आन्दोलन परिचालन तथा समन्वय समितिको आयोजनामा उसले दुई वटै आन्दोलनलाई प्रवर्धन हुने गरी धरानमा गोष्ठी आयोजना गर्न लागेको हो कोशी नाम केबलकार खारेजी तथा पहिचानकोआन्दोलनको कार्यदिशानाम दिइएको गोष्ठीमा पार्टीका सहअध्यक्ष एवम् पूर्व मन्त्री रकम चेम्जोङले हाल चरिहेको कोशी नाम र केबलकार खारेजी आन्दोलनका बारेमा अवधारणापत्र प्रस्तुत गर्न लागेका हुन्

जसपा नेपालको गत वर्षको साउन २७, २८, २९ ३० गते बसेको केन्द्रीय समिति बैठकले प्रदेश को आन्दोलनको नेतृत्व गर्न चेम्जोङको नेतृत्वमा कोशी प्रदेश नामाकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी समुदायमा जागरण ल्याउन र आन्दोलनलाई अगाडि बढाउन भन्दै जिम्मेवारी तोकेको थियो

पार्टीले कोशी नाम स्वीकार्न नसक्ने स्पष्ट धारणासहित आफ्नो विषय राख्दै आएको हो त्यसैले कोशी नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कनका लागि भइरहेको आन्दोलनमा हाम्रो सक्रिया सहभागिता रहँदै आएको ’, गोष्ठीको प्रचार प्रसार संयोजक एवम् जसपा नेपालका केन्द्रीय सदस्य कमन देवान भन्छन्नो कोशी नो केबलकार आन्दोलन उठिरहेको , तर राजनीतिकरूपले यसलाई सम्बोधन गर्ने प्रयास अझै पनि भैरहेको छैन यो गोष्ठी मार्फत त्यसतर्फ दबाब पुग्छ भन्ने हो

धरान १५ स्थित सदन स्कूलको सभाहलमा व्यापक सहभागिताका बीच गोष्ठी सम्पन्न गर्न केन्द्रीय सदस्यहरु ताजुब लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति कुन्ता राईको संयोजकत्वमा आर्थिक समिति गठन भएको गोष्ठीको अन्तिम तयारी चलिरहेको पार्टी स्रोतले जनाएको

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने गोष्ठीमा पहिचान पक्षधर राजनीतिक दलका नेतालाई समेत आमन्त्रित गर्ने तयारी रहेको प्रचार संयोजक देवान बताउँछन् यद्यपि वक्ताको अन्तिम टुङ्गो लगाउने जिम्मा पनि आन्दोलन परिचालन समितिका संयोजक चेम्जोङलाई नै दिइएको गत बैशाख गते संयोजक चेम्जोङको अध्यक्षतामा इटहरीस्थित जसपा नेपालको प्रदेश कार्यालयमा बसेको बैठकले गोष्ठीका लागि विभिन्न जिम्मेवारी तोक्ने सहितका निर्णय गरेको थियो

प्रदेश का विभिन्न जिल्लाहरुबाट गोष्ठीमा व्यापक सहभागिताका लागि आन्तरिक परिपत्र गरिएको जसपा नेपालका प्रदेश अध्यक्षएवम् आन्दोलन परिचालन समितिका सदस्य दिपक याक्खा बताउँछन्

यो गोष्ठीले कोशी नाम खारेजीको लागि चरिहेको आन्दोलनलाई थप बलियो बनाउन सेमुक्ति मुक्तिफोमाङ मुक्कुमलुङ (पाथिभरा) क्षेत्रको जातीय, धार्मिक आस्था, मूल्य मान्यता कुल्चिएर, प्रकृति विनाश गरेर व्यक्ति विशेषको मुनाफाका लागि बनाउन खोजिएकोकेबलकार खारेजी आन्दोलनलाई टेवा पुग्ने याक्खाको दावी

हाम्रो पार्टीले राजनीतिक ढङ्गले प्रदेश मा जारी यी दुवै आन्दोलनलाई हेरिरहेको प्रदेश का आम जनसमुदायमा यसको विस्तारपनि राजनीतिक किसिमले नै भएर जानुपर्छ भन्ने हाम्रो बुझाइ हो’, उनी भन्छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु