काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार बेलुकी एएफसी महिला एसियन कप छनोटको लागि ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक ४८ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । एसियन कप छनोटमा नेपाल समूह ‘एफ‘ मा रहेको छ । नेपालको समूहमा लाओस, श्रीलंका, र उज्बेकिस्तान रहेका छन् ।
यस्तै नेपालले छनोटको तयारी स्वरूप थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । दुवै खेल थाइल्याण्डको बैंककमा हुनेछ । नेपालले पहिलो खेल ३० मेमा बन्द रंगशालामा खेल्नेछ भने २ जुनमा हुने दोस्रो खेललाई अन्तराष्ट्रिय मान्यता दिइएको छ । समूह एफका सबै खेलहरु उज्वेकिस्तानमा हुनेछन् ।
प्रारम्भिक टोलीः
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, कोपिला खड्का, लिला जोशी, साबित्री किशन, उषा नाथ
डिफेन्ड: अमृता जैसी, बिमला बिक, गीता राना, मनमाया दमाईं, निशा थोकर, पुजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी थोकर, समिक्षा घिमिरे, सेमिहाङमा लिम्बू, यशोदा शाही
मिडफिल्ड: अनिता बस्नेत, अन्जली चन्द, बिमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रिती राई, रेनुकानगरकोटी, सबिता राना मगर, सहारा लिम्बू, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बू, सेनु परियार, सुख्रिया सुक्लुकु, सुक्रिया मिया, सुष्मा तामाङ, तुलसा बोहरा
फरवार्ड: अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर मगर, ममता पुन, मिना देउवा, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखापौडेल, साबित्रा भण्डारी, समिक्षा राई


