adv

स्वर्गीय लोकराज ढुंगाना स्मृति च्यालेन्ज कपको उपाधि ध्रुवतारा स्पोर्टिङ क्लबलाई

बुद्धशान्ति एन्फा रेफ्री स्वर्गीय लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि ध्रुवतारा स्पोर्टिङ क्लब दमकले जितेको

शनिबार सम्पन्न फाइनल खेलमा राजगढ फुटबल क्लबलाई शून्यका विरुद्ध गोल गर्दै ध्रुवतारा उपाधि हात पार्न सफल भएको हो । ध्रुवताराको लागि सक्सेस राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो

विजेता ध्रुवताराले उपाधिसँगै नगद ७० हजार रुपैयाँ सहित ट्रफी मेडल हात पार्यो भने उपविजेता राजगढले नगद ४० हजार रुपैयाँ सहित ट्रफी मेडलमा चित्त बुझायो

फाइनल खेलको म्यान अफ म्याच राजगढका श्याम मुर्मु भए

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक ध्रुवताराका आयुस लिब्बु बन्दा उत्कृष्ट डिफेन्डर ध्रुवतारा कै रोशन धिमाल भए उत्कृष्ट मिडफिल्डर राजगढका पवन मास्के चुनिए सर्वाधिक गोलकर्ता विजेताको टिमको सक्सेस राई भए भने उदीयमान खेलाडी आयोजक आदर्श युवा क्लबका सुजन मगर भए त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी विजेता टिमका प्रबिन राई घोषित भए

प्रतियोगिताका विजेता तथा उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल फुटबल रेफ्रि संघ केन्द्रीय उपाध्यक्ष मधुसुदन खनाल, झापा जिल्ला जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा लगायतले पुरस्कार वितरण गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु