adv

गायक दिपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ भदौमा हुने

काठमाडौं नेपाली संगीतको आकाशमा छुट्टै पहिचान बनाएका गायक दीपक लिम्बूले आफ्नो पहिलो स्वर्णीम सांगीतिक साँझ गर्न लागेका छन्

आगामी भदौ १७ गते आफ्नो जन्मदिन नेपाली तारा विजेता बनेको २०औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हुन लागेको हो ओएस म्युजिकको आयोजनामा हुने कार्यक्रम साँझ बजेदेखि सुरु हुनेछ

शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक आषिश भट्टराईले भने, “हामीले लोकप्रिय गायक तथा पहिलो नेपाली ताराका विजेता दीपक लिम्बूको पहिलो स्वर्णिम साँझ आयोजना गर्न लागेका हौ उनका अनुसार यो साँझ अग्रज कलाकारहरूलाई सम्मान गर्ने ताप्लेजुङका बालबालिकाहरूलाई स्टेशनरी सामग्री सहयोग गर्ने उदेश्यले आयोजना गर्न लागिएको हो

कार्यक्रमको संगीत संयोजन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राईले गर्नेछन् गायक लिम्बूले २५ जना लाइभ वाद्यवादकको साथमा आफ्ना चर्चित गीतहरू अग्रज कलाकारका कालजयी रचनाहरू प्रस्तुत गर्नेछन् । टिकट दर एक हजार सय रुपैयाँ तोकिएको

साँगीतिक साँझको बारेमा गायक लिम्बू भन्छन् यो साँझ मेरा पछिल्ला २० वर्षका संघर्ष, सपना सफलताको एउटा जीवन्त दस्तावेज बन्न सकोस् भन्ने चाहना लिएको छु मेरो शुभचिन्तक नेपाली संगीत प्रेमीहरूलाई त्यो साँझमा उपस्थित भएर माया दिन आग्रह गर्दछु

दिपक लिम्बू विक्रम सम्बत २०६२ सालमानेपाली तारागायन प्रतियोगिताको पहिलो संस्करणका विजेता बनेका थिए त्यसयता उनले नेपाली चलचित्र आधुनिक संगीतमा एकपछि अर्को हिट गीतहरू दिएर सबैको मन जित्न सफल भएका छन्

उनका मैले त्यही भएर मन पराको, यहाँ देशको चिन्ता, मुटु माग्यौ तिमीले, ढल्क्यो ढल्क्यो जोवन मेरो, मैले माया गर्न जानिनँ होलाजस्ता गीतहरू आज पनि लाखौं संगीतप्रेमीको मनमा गुञ्जिरहेका छन्

२० वर्षे सांगीतिक यात्रामा उनले २०७३ सालमा नारायण गोपाल युवा संगीत पुरस्कार पनि प्राप्त गरेका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु