adv

दमकमा दोस्रो भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिता हुँदै

दमक । झापाको दमकमा दोस्रो भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी तथा सामाजिक युवाहरुको समूह भिसि ब्रदर्स एफसिको आयोजनामा हुन लागेको हो ।

दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता जेठ २ र ३ गते दुइ दिन सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिए ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाई स्कोररको उपाधि रहेको छ ।

३० वर्ष भन्दा माथिका खेलाडीहरु सहभागी हुन सक्ने प्रतियोगिताको इन्ट्रि फि छ हजार ५ सय रहेको छ ।

पहिलो संस्करणको विजेता ब्रिगेड ब्वाइज एफसि रहेको थियो भने उपविजेता दमक क्रिश्चियन युनाइटेड रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु