adv

चुलाचुली अनेरास्ववियुको तेस्रो अधिवेशनबाट अध्यक्षमा रोहन फियाक निर्वाचित

इलाम  अनेरास्ववियु चुलाचुली गाउँ संगठन कमिटीको तेस्रो पालिका अधिवेशनबाट अध्यक्षमा रोहन फियाक निर्वाचित भएका छन्  चुलाचुली का फियाकको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित भएका हुन्

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष वडा नं. ३ का राजहाङ राई, सचिव वडा नं. का उत्सव न्यौपाने, सहसचिवमा वडा नं. का कृष्ण श्रेष्ठ वडा नं. एन्जिना राई सहित १७ सदस्य गाउँपालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको निवर्तमान अध्यक्ष युनेश न्यौपानेले बताए

नेकपा एमाले चुलाचुलीको पार्टी कार्यलयमा आयोजित कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य तथा ईलाम जिल्ला ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अवसरमा चुलाचुलीको भुगोलबाट अनेरास्ववियु इलाम जिल्ला कमिटीको २४औं अधिवेशनमा सहसचिवमा निर्वाचित विहानी राई, जिल्ला सदस्यमा निर्वाचित कुशल भुर्तेल सन्ध्या राईलाई सम्मान पत्र प्रदान गरिएको थियो त्यस्तै गत चैत्र गते सम्पन्न दमक बहुमुखी क्याम्पसको स्ववियूको निर्वाचनमा सदस्यमा निर्वाचित अनेरास्ववियु चुलाचुली गाउँकमिटीका निवर्तमान अध्यक्ष युनेश न्यौपाने एन्जिना राईलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो

कार्यक्रममा अनेरास्ववियुका कोशी प्रदेश कमिटी सहसचिव पारश राई सहित जिल्ला सहसचिव शुत्र फागो, नेकपा एमाले इलाम जिल्ला सहस्य भिम मादेन, एमाले चुलाचुलीका सचिव सन्तोष थाम्सुहाङ, उपसचिव सरु तामाङ लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा वक्ताहरुले ग्रामिण क्षेत्रका गरिब, मजदुर, किसानका छोराछोरीहरु अझै गुणस्तरीय शिक्षाका साथै उच्च शिक्षाको पहुँचमा पुग्न नसकेको भन्दै अभियान चलाउनु पर्नेमा जोड दिएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु