दमक । झापाको दमकमा आयोजित दोस्रो भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिता २०८२ को उपाधि दमक १ को ब्रिगेड ब्वाइज एफसिले जितेको छ ।
दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा शनिबार भएको फाइनल खेलमा थर्टिन गाइज एफसिलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै ब्रिगेज लगातार दोस्रो पटक च्याम्पियन भएको हो । ब्रिगेडको जितमा एक मात्र गोल दोस्रो हाफको ४औं मिनेटमा प्रदिप आङदेम्बेले गरेका थिए । ब्रिगेड पहिलो संस्करणको समेत विजेता हो ।
पहिलो सेमिफाइनल खेल थर्टिन गाइजले ब्याड एफसि इटहरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा ब्रिगेड ब्याइजले आयोजक भिसि ब्रोदर्शलाई २–० गोलले हराउदै उपाधि भिडन्त पक्का गरेको थियो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ हाई स्कोररको उपाधि आयोजक भिसि ब्रोदर्सका प्रविन राई प्राप्त गर्दा उत्कृष्ट गोलकिपर ब्रिगेडका आयुस लिम्बू भए । त्यसैगरी उत्कृष्ट खेलाडी थर्टिनका सुबोध शाही घोषित भए ।
प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भन उपविजेताले नगद ३० हजार रुपैयाँ सहितट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
जेठ २ र ३ गते दुइ दिन सञ्चालित प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।




