adv

लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

दमक झापाको दमकस्थित  लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो

अस्पतालका नवनियुक्त सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बा सहित सञ्चालकहरु सहभागी रहेको सो कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सिम्रिक गिरीले डिएम ग्यास्ट्रोलोजी युरोलोजी सेवा थप गरी सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए सञ्चालक समितिको निर्णय भएसँगै अब हामी युरोलोजी डिएम ग्यास्ट्रोलोजी सेवा थप्ने अन्तिम तयारीमा पुगेका छौँ हरेक हप्ताको शुक्रबार शनिबार यो सेवा उपलब्ध गराउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने

युरोलोजी अन्तर्गत पिसाब सम्बन्धी सबै, प्रोष्टेड मृगौलामा भएको पत्थरी, पिसाब नली, अण्डकोषमा मासु पलाएको, सुन्निएको लगायत रोगीले स्वास्थ्य सेवा प्राप्त गर्ने छन् त्यस्तै डिएम ग्यास्ट्रोलोजी अन्तर्गत पाचन प्रणालीसँग सम्बन्धित कलेजोमा लाग्ने रोगको उपचारहुने अस्पताल प्रशासनले जनाएको हो

आइतबारको भेटघाट तथा अन्तरक्रियामा बोल्दै अध्यक्ष सुब्बाले अस्पतालबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने, जनमानसमा कसरी सही सूचना पुर्याउने जनतालाई स्तरीय सेवा पुर्याउने सम्बन्धमा अस्पताल सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको औँल्याएका थिए हामी अस्पतालका तर्फबाट अभियनकै रूपमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध भएर लागेका छौँ’, सुब्बा भने

अस्पतालका सञ्चालक सदस्य भीम पौडेलले अस्पतालका बारे उठेका सबै विषयमा छलफल गरेर अगाडि बढ्न लागेको प्रष्ट पारेका थिए

पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले स्थानीयस्तरका सबै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको उन्नयनमा सञ्चारकर्मीहरुको सकारात्मक सहयोग रहेको भन्दै सेवाग्राही जनताले गुणस्तरीय सर्वसुलभ सेवा पाउनुपर्नेमा जोड दिएका थिए

मञ्चका पूर्व अध्यक्ष विष्णु प्रसाद पोख्रेलले अस्पतालले आफ्‌नो पृथक पहिचान बनाउनु पर्ने तर्फ जोड दिएका थिए त्यस्तै, अग्रज पत्रकार विष्णु सुब्बा, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य सुदिप अधिकारीले सेवाग्राही जनताको स्वास्थ्यलाई ध्यानमा राखेरसेवा विस्तार गर्न सुझाव दिएका थिए

अस्पतालका सञ्चालक सदस्य राजकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका सञ्चालक सदस्यहरु विक्रम साह, डा. तिलकचन्द्र शा, डा. सूर्यनारायण शाह लगायतको उपस्थिति रहेको थियो

दमक मा निजी लगानीमा सञ्चालित लाइफलाईन अस्पताल एक सय शैय्याको अस्पताल हो यहाँ स्टाफ नर्स, एचए, रेडियोग्राफी, ल्याब टेक्निसियन, फार्मेसी लगायत विभिन्न वटा फेकल्टीको पढाई हुँदै आएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु