adv

प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक

माङसेबुङ इलामको माङसेबुङ गाउँपालिकामा हुन गइरहेको प्रथम सुवास नेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता २०८२ को टाइसिट सार्वजनिक भएको

राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुने प्रतियोगितामा जम्मा वटा टिमको सहभागिता रहेको उद्घाटन खेल माङसेबुङ खेलकुद विकास समिति एमएफसि युथ चुलाचुली इलामबिच हुनेछ

माङसेबुङ सिङफेरे स्थित जनता आविको खेलमैदानमा हुने प्रतियोगिता भदौ २४ देखि २७ गते सम्म सञ्चालन हुनेछ प्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र पाउने छन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन्

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको युवा संघ माङसेबुङ अध्यक्ष राज कुमार साम्बाले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु