माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा भदौ २४ गतेबाट हुने भनिएको प्रथम सुवास नेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता २०८२ स्थगित गरिएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिले सोमबार सुचना निकाल्दै अर्को सुचना नआएसम्म प्रतियोगिता नहुने जानकारी गराएका छन् ।
आयोजक समितिका अनुसार अहिले भइरहेको जेन–जीको आन्दोलनलाई मध्यनजर गर्दै प्रतियोगिता सारिएको हो । प्रतियोगिता माङसेबुङ–४ सिङफेरे स्थित जनता आविको खेल मैदानमा भदौ २४ देखि २७ गते सम्म सञ्चालन हुने भनिएको थियो ।


