adv

कोशी प्रदेशले गर्यो ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लागि खेलाडी बिदाइ

धरान कोशी प्रदेश ब्याडमिन्टन संघले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लागि खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको टोलीलाई बिदाई गरेको

प्रतियोगिता यही वैशाख ३० देखि जेठ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ

सुनसरीको धरान स्थित अमर सेवा समाजको हलमा २०८३ वैशाख २१ गते आयोजित कोशी प्रदेश स्तरीय ब्याडमिनटन छनोट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई बिदाइ गरेको कोशी प्रदेश ब्याडमिन्टन संघका सचिव प्रकाश राईले जानकारी दिए । उनका अनुसार कोशीको उत्कृष्ट टिम तयार भएको उद्धेश्य धेरै उपाधि जित्ने नै हो तयारी पनि राम्रो भएको

छनोटमा परेका खेलाडीहरुलाई दिन अमर सेवा समाजको हलमा क्लोज क्याम्प राखेको प्रकाश बताउछन्

यस अवधिमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै प्रकाश भन्छन्सहयोगी दाताहरु नहुनु हो भने व्यवस्थापन गर्न गार्हो हुन्छ । हामीलाई अमर सेवा समाजले हल उपलब्ध गराएको थियो भने धरान ब्याडमिन्टन क्लबले जर्सी, सुनसरी ब्याडमिन्टन एकेडेमिका अध्यक्ष सुरेश कार्कीले फेदकर्क, भेष बहादुर मगरले हजार सय ६६ रुपैयाँ सहयोग गर्नु भएको

कोशी प्रदेशबाट छनोटमा परेका खेलाडीहरुमा दिवश शंकर इलाम, विशाल तामाङ भोजपुर, संगम गिरी सुनसरी, एन्ड्रेस लिम्बू ताप्लेजुङ, मिलिन गुरुङ ताप्लेजुङ, लाक्पा शेर्पा मोरङ, महेश खड्का मोरङ, नङसल तामाङ भोजपुर, रोजी राई उदयपुर, भावना देवी केदेम ताप्लेजुङ, निसम राई इलाम एन्जिला राई भोजपुरका रहेका छन् यसका साथै टिम व्यवस्थापक देवेन्द्र खड्का प्रशिक्षक दुर्गा सारु मगर रहेका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु