adv
adv

‘सयकडा दश’ मा अमृत र करुणाले यसरी गरे भरपुर रोमान्स

हास्यकलाकार मनोज गजुरेलको मुख्य भूमिका रहेको फिल्म सयकडा दश ‘  को सुटिङ पुरा भएको छ । छायांकन पुरा भए सँगै  निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड तस्बिर सार्वजनिक गरेका छन् ।

 

पाँचथर, काठमाडौं, पोखरा र सिन्धुलीमा  खिचिएको  फिल्ममा पहिलोपटक अमृत र करुणाले स्क्रिन सियर गरेका हुन् । फिल्मलाई  मंसिरमा रिलिज गर्ने  लक्ष्य राखिएको छ । तर त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी समेत गरिएको छ ।

 यस् फिल्मको केन्द्रिय द्वन्द्व भनेको भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष हो ।  फिल्मलाई प्रेमगीत २‘  फेम निर्देशक रामशरण पाठकले  निर्देशन गरेका छन् । यस् फिल्मले  भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभावको कथा बोलेको छ ।

 

फिल्ममा कलाकारहरु राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोख्रेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको पनि अभिनय रहेको छ ।  दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनाइएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । यसमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन,  दीलिप ओखडाको नृत्य-निर्देशन र कल्याण सिंहले संगीत भरेका छन् भने लोकप्रिय गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग सहकार्य गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु