adv
adv

अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउने तयारी

नेपाल आदिवासी जनजाति महासंघ युएईले २४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस आगामी अगस्ट १० का दिन भव्यताका मनाउने भएको छ । विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गर्न लागिएको उक्त कार्यक्रमको जिम्मेवारी नेपाल आदिवासी जनजाति महासंघ युएईको सचिवालयलाई दिएको छ । आदिवासी जनजाती पत्रकारहरुको छाता सगंगठन नेपाल आदिवासी जनजाती प्रत्रकार महासंघ युएईको गठन प्रकृयामा रहेको र युएईलाई कार्य क्षेत्र बनाई पत्रकारितामा कलम चलाउने  निर्णय गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक डेरराज गुरुङ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान उपस्थितिमा सम्पन्न भएको बैठकको अध्यक्षता महासंघका अध्यक्ष पासाङ शेर्पाले गर्नु भएको थियो साथै आवद्ध ११ वोटै जातिय संस्थाका प्रतिनिधिहरुको सहभागिता समेत  रहेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु