इजिप्टका स्ट्राइकर मोहम्मद सलाहले च्याम्पियन्स लिगको फाइनलमा नराम्रोसँग घाइते भएर खेल छाडेका थिए । उनी अहिले पूर्ण रुपमा निको भईसकेका छन् ।
च्याम्पियन्स लिगका उपाधिका लागि उनी लिभरपूलका तर्फबाट खेल्दै गर्दा रियल मड्रिडका डिफेण्डर सर्जियो नरामोससँग ठोक्किंदा उनको काँधको लिगामेण्टमा गम्भीर समस्या आएको थियो ।
गम्भिर घाइते भएकाले उनले विश्वकप खेल्न सक्दैनन् भन्ने अड्कलबाजी धेरैले गरेका थिए ।
तर, इजिप्टका राष्टिय टोलीका प्रशिक्षक हेक्टर क्युपरले सलाह शत-प्रतिशत तन्दुरुस्त भएको र शुक्रबार उरुग्वेका विरुद्ध हुने पहिलो खेलमा सहभागी हुने बताएका छन् ।
‘म अन्तिम समयमा कुनै भवितव्य आइनपरेको खण्डमा सलाहले खेल्ने शत-प्रतिशत पक्का गराउन चाहन्छु,-क्युपरले भने, ‘ उनी सर्वाधिक गोलकर्ता र महान खेलाडी बन्न सक्नेछन् ।’
क्युपरले सलाहको अवस्था राम्रो रहेको र छिटो भन्दा छिटो तन्दुरुस्त भएको पनि बताएका छन् ।
उनले अझ भने – ‘हामी उनलाई आत्मविश्वासी महसूस गराउन प्रयासरत छौं । डाक्टरहरुले उनलाइ खेल्ने र नखेल्ने दुवै विकल्प दिएका छन् । तर, उनी डराउँदैनन्, नीडर छन् , मैले उनलाई राम्ररी चिनेको छु, ।’