adv

विश्वकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन यस्तो भयो हेर्नुहोस् –

बिहीबार २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ ।

रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा विभिन्न सांगितिक कार्यक्रम र आतिसवाजीका साथ २१ औं संस्करणको विश्वकपको भव्य उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता छ ।

उद्घाटन समारोहमा ९० को दशकमा पप आइकनका रुपमा प्रसिद्धि कमाएका गायक रोबी विलियम्सले विशेष प्रस्तुति दिएका थिए । प्रतियोगितामा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता अन्तिम १६ मा प्रवेश गर्नेछन् । मस्कोका २ सहित अरु १० शहरका १२ रंगशालामा विश्वकप फुटबलका खेल हुनेछन् ।

अबको ३२ दिनसम्म विश्वकपका ६४ वटा खेल हुनेछन । विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुनेछन् । यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा छन्  ।

फाइनल खेल आउँदो जुलाई १५ मा उद्घाटन खेल भएकै ८१ हजार दर्शक क्षमता भएको लुज्निकी रंगशालामा हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले मैदानमा आफ्नो प्रतिभा देखाउने छन् ।

यसपटकको विश्वकपमा फुटवल इतिहासमै पहिलोपटक भिडियो एसिस्टेण्ट रेफ्रि अर्थात भी ए आर को प्रयोग हुँदैछ । मैदानमा रहेका निर्णायकले नदेखेका वा विवाद भएका कुरामा भिडियो फुटेज हेरेर यथार्थ पत्ता लगाइने प्रविधि नै भीएआर हो ।

यसले खेलका क्रममा हुने विवाद र निर्णायकमाथि लाग्ने आरोप अन्त्य हुने फिफाले जनाएको छ ।

सन् १९३० बाट सुरु भएको फिफा विश्वकपमा सर्वाधिक सफल टोली ब्राजिल हो । ब्राजिलले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै जर्मनीले अहिलेसम्म ४ पटक विश्वकपको उपाधि जितेको छ ।

इटालीले ४ पटक विश्वकपको ट्रफी चुम्दा अर्जेन्टिनाले २ पटक विश्वकपको ट्रफी उचालेको  छ । यस्तै उरुग्वेले २ पटक जित्दा फ्रान्स, स्पेन र इंग्ल्याण्डले १-१ पटक विश्वकप जितेका छन् ।

हुन त विश्वकपका लागि छानिएका सबै ३२ देश नै उपाधिका दावेदार छन् । छनौटमा उत्कृष्ट प्रदर्शन गरेकैले उनिहरु विश्वकपसम्मको यात्रामा आएका हुन । तर विगतको प्रदर्शन, चर्चित खेलाडी र फिफाको बरियताका आधारमा केहि देशलाई मात्र विश्वकपका दावेदारका रुपमा लिइएको छ ।

गएको संस्करणको विजेता जर्मनी पछिल्ला चार विश्वकपमा लगातार सेमिफाइनलसम्म पुगेको छ ।

जर्मनी युरोपको त्यस्तो एक मात्र टिम हो जसले छनौट चरणमका सबै खेल जित्दै रुस यात्रा गर्न सफल भएको हो । १९६२ पछाडी कुनै पनि देशले लगातार  २ पटक विश्वकपको उपाधी जितेका छैनन् । यसअघि सन् १९५८ र ६२ को विश्वकपको उपाधि लगातार ब्राजिलले जितेको थियो ।

अहिलेसम्मका सबै विश्वकप खेल्ने एक मात्र देश ब्राजिल पनि यो विश्वकपको उपाधि दावेदार देश हो । तर पाँचपल्ट विश्वविजेता बनेको ब्राजिलले सन् २००२ यता उपाधि जित्न सकेको छैन । स्पेनको टिम निकै बलियो मानिएको छ । त्यसमा च्याम्पियन्स लिग विजेता रियल मड्रिड र क्लब फुटबलमा महारथी मानिने बार्सिलोनाका धेरै खेलाडी रहेका छन् । उनीहरुले यो पटक आफूहरुको पुरानो साख फर्काउने आश गरिएको छ । उसले ८ वर्षअघि २०१० मा विश्वकपको उपाधि जितेको थियो र सन् २००८ तथा २०१२ मा युरोकपको उपाधि उचालेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु