adv

चलचित्र ‘ए सोल्टिनी’ को शीर्ष गीत सार्वजनिक {भिडियो}

असार १५ गतेलाई प्रदर्शन आउन लागेको चलचित्र ‘ए सोल्टिनी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवास नेपालीलको सुमधुर स्वार रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई फिचरिङ गरिएको छ ।

निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको छ भने गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् । दिलकुमार घलान तामाङले चलचित्र निर्माण गरेका छन् । चलचित्रको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् ।

जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, ज्ञानबहादुर जिम्वा, गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारहरुको प्रमुख भूमिका देख्न सकिन्छ ।

भिडियो हेर्नुस् :

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु