adv

दीलिप र जयकिशनको ‘पिरिम पर्‍या छन्’ साउन २५ मा

कमेडी जनरामा निर्माण भएको चलचित्र ‘पिरिम पर्‍या छन्’ को प्रदर्शन मिति तय गरिएको छ । शुक्रबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्देशक पुरन थापाले साउन २५ देखि प्रदर्शनमा आउन लागेको जानकारी दिएका छन् ।
निर्देशक पुरन आफैले लेखेको चलचित्रमा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइराला लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुतिमा बनेको चलचित्र ‘पिरिम पर्‍या छन्’मा बिमल ढकालले क्यामेरा चलाएका हुन् । गाउँले परिवेशमा सामाजिक हाँस्य चलचित्रको रुपमा तयार भएको ‘पिरिम पर्‍या छन्’ का गीतमा बिकास चौधरी र बिनोद भुजेलले संगीत भरेका छन भने बाबु बलामीको द्धन्द्ध रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु