adv

फिल्म ‘रोमियो एण्ड मुना’ को अफिसियल ट्रेलर सार्वजनिक

अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम,रोमान्स, र विछोडलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।रोमियो ले मुनाका लागि आफ्नो कान काटेको ट्रेलरको क्लाइमेक्समा देखाईएको छ । सृष्टिको प्रेमले विनय परिवर्तन भएको छ । सृष्टि र विनयको केमेष्ट्री ट्रेलरमा लोभलाग्दो देखिएको छ ।

‘डाइङ क्यान्डल’ फिल्मको निर्देशक नरेश कुमार केसीले ‘रोमियो एण्ड मुना’ लाई निर्देशन गरेका हुन् । निर्देशक केसीकै पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न मद्घत गरेका छन् ।

फिल्ममा विनय र सृष्टिका अलवा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायतका कलाकाररुको अभिनय देख्न सकिनेछ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’ लाई प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर निर्माण गरेका हुन् ।

यस्तो छ ट्रेलर हेर्नुस् :

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु