adv

ब्राजिल नकआउट चरण नजिक, कोउटिन्हो र नेइमारको गोल कोस्टारिकाविरुद्ध

अतिरिक्त समयमा फिलिप कोउटिन्हो र नेइमार नायक बन्दा ब्राजिलले कोस्टारिकालाई हराउँदै प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा ब्राजिलले २–० ले कोस्टारिकालाई हराउँदै समूहमा चार अंक बनाएको छ । खेल सुरु भएको ९० मिनेटसम्म कोस्टारिकाले ब्राजिललाई रोकेको थियो ।

यस क्रममा रेफ्रीले ब्राजिललाई पेनाल्टीको अवसर दिएका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीलाई मान्यता दिएन ।इन्ज्युरी समयमा पहिलो मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । सात मिनेटको इन्ज्युरी समयको अन्तिममा नेइमारले गोल गर्दै ब्राजिललाई पराजय गरेका थिए ।
पहिलो खेलमा स्विट्जरल्याण्डसँग रोकिएको ब्राजिल यो जितपछि नकआउट चरण नजिक पुगेको छ । दुईमा पराजित कोस्टारिका भने एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ । समूह ईमा काेस्टारिकाविरुद्ध जित हात पार्दै सर्बियाले ३ अंक बटुलेकाे छ। पहिलाे खेलमा ब्राजिलसँग बराबरी गरेकाे स्विट्जरल्याण्डले भने एक अंक प्राप्त गरेको छ ।

अाज राति नेपाली समय अनुसार पौने १२ बजे स्विट्जरल्याण्ड र सर्बिया बिच खेल हुदैछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु