adv
adv

मलिना र मनिषको ‘तिमी हुन्छौ जहाँ जहाँ’ दर्शकले कती रुचाउलान् त ?

पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ शुक्रवारबाट देशभरका हलमा लागि रहेको छ । यो फिल्म गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको थियो । अब, हलमा दर्शकको साथ कस्तो पाउँला त्यो भने सबैको चासोको बिषय बनेको छ ।

निर्देशक विकाश बस्यालले निर्देशन् गरेको यो फिल्म सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ प्राप्त फिल्म हो । यसको कथा पनि निर्देशक बस्यालकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् भने विना कार्की सह-निर्मात्रीमा छिन् ।
यस फिल्ममा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको छ । रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यसका साथै यो फिल्मसँगै शुक्रवारबाट खासै प्रचार नगरिएको ‘एक्स्ट्रा माया’ नामक फिल्म पनि प्रदर्शनमा आएको छ । सोम कुस्कुमाझीले निर्देशन गरेको यस फिल्ममा सुस्मिता बुर्लाकोटी, अर्जुन खड्का, सनी सुनवार, सृष्टि भण्डारी लगायतको अभिनय रहेको छ ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु