adv
adv

‘डान्स इन्डिया डान्स’ का जज मुदस्सरले सुनिललाई दिए शुभकामना- ‘ठूलो स्टार बन्नु’

भारतका चर्चित कोरियोग्राफर तथा ‘डान्स इन्डिया डान्स’ का जज मुदस्सर खानले अभिनेता सुनिल क्षेत्रीलाई फिल्म ‘चिँ मुसि चिँ’ का लागि शुभकामना दिएका छन् । भारतीय रियालिटी शो ‘डिआईडी’ सिजन–४ को ‘टप टेन’ भित्र पर्न सफल क्षेत्रीले यो फिल्मबाट ठूलोपर्दामा डेब्यु गरेका छन् ।

एक भिडियोमार्फत् उनले भनेका छन्, ‘सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आटिस्ट हौ ।’ उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । उनी थप्छन्, ‘डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।’ त्यस्तै,मुदस्सरले शुभकामना दिँदै सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् ।

बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतको टप कोरियोग्राफर मध्येका एक हु न् । सुनिलले भने मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । उनले गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको बताएका छन् ।

सुनिल स्टारर फिल्म ‘चिँ मुसि चिँ’ आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।

उक्त फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु