adv

मकैको फाईदाहरु अत्यन्तै धेरै छ, ति केके रहेछ जानुहोस् –

मकैलाई मानव जीवनमा निकै उपयोगी अन्नको रुपमा लिन सकिछ । मकैलाई भुटेर, पोलेर, उसिनेर तथा पिँधेर साथै दूधे मकैको दूध निकालेर खीर बनाएर पनि खान सकिन्छ । मकैको परिकारलाई फलाहारीको रुपमा पनि लि ईन्छ , तसर्थ उपवास बस्दा समेत यसको प्रयोग हुने गर्छ । मकैलाई नेपालीहरूले वर्षौंदेखि विभिन्न तरिकाले सेवन गर्दै आ ईरहेका छन् । मकै भुटेर तथा पोलेर जीविका चलाउनेहरू सहरको प्रदूषणमा थोरै योगदान दिँदै आफ्नो जीवनको सर्वस्व धानिरहेका पाईन्छ । त्यसैले त मकै नेपालीहरूको जिब्रोमा बसेको स्वादिष्ट खान्की भने पक्कै हो । स्वादिष्ट मात्र होइन, स्वास्थ्यका दृष्टिले समेत अत्यन्तै लाभदायीक छ । पोलेको मकैले मानव स्वास्थ्यमा थुप्रै फाइदा पुर्‍याउँदछ । आउनुहोस् न त मकै को फाईदाहरु के-के रहेछ जानौ –

* यस्ता छन् मकैका फाईदाहरु –

– मकै चपाएर खाँदा दाँत बलियो हुने रहेछ ।

– मकै खाएपछि बाँकी रहने खोयालाई भाँचेर सुँघ्नुस्, त्यसबाट तपाईंलाई रुघामा-मार्की बाट राहत मिल्नेछ ।

– मकैको खोयालाई सुकाउनुस् , सुकेपछि पोलेर खरानी बनाउनुहोस् र यसको खरानी नियमित रुपमा मनतातो पानीसँग खाँने गर्नुहोस् त्यसले सास-प्रस्वास सम्बन्धी रोगमा लाभ मिल्नुका साथै खोकीमा समेत राहत मिल्नेछ ।

– मकैको महत्वपूर्ण विशेषता के छ भने पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुने गर्छ । पोलेको मकै क्यारोटिनाइड भिटामिन ए को राम्रो स्रोत मानिन्छ ।

– मकैका परिकार पकाइसकेपछि त्यसमा हुने एन्टिअक्सिडेन्ट्स ५० प्रतिशतसम्म वृद्धि हुन्छ । यसले उमेर वृद्धिको लक्षण रोक्नुका साथै क्यान्सरसँग लड्नसमेत सहयोग गर्छ । पकाइएको मकैमा फोलिक एसिड हुन्छ जसले क्यान्सजस्ता रोगविरुद्ध लड्न सहयोग गर्छ ।

– मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ, मकैलाई कोलेस्ट्रोल फाइटर पनि मानिन्छ, यसकारण यो मुटुरोगीका लागिसमेत राम्रो मानिन्छ ।

– बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ । दूधे मकैका गेडालाई पिसेर सिसीमा भरी घाममा राख्ने । त्यसको दूधजति सुकेर उडेपछि तेल बाँकी रहन्छ जसलाई छोर एउा भाँडामा राख्ने । उक्त तेलले गोडा तथा पाइतालामा मालिस गर्दा गोडा बलियो हुन्छ र शिशु छिटै हिँड्न सुरु गर्छ ।

– मकैको यस्तो तेल पिउँदा शरीर शक्तिशाली हुन्छ । हरेक दिन एक चम्चा मकैको तेल सर्बतसँग मिसाएर पिउँदा बल बढ्छ ।

– ताजा मकैको गेडालाई पानीमा राम्रोसँग उमालेर त्यसलाई छानेर मिस्रीपानीमा मिसाएर पिउँदा पिसाब पोल्ने तथा मिर्गौलासम्बन्धी समस्या हटाउन सहयोग मिल्छ ।

– क्षयरोगीहरूका लागि मकै फाइदाजनक मानिन्छ । टिबीका रोगी तथा टिबी रोग लाग्ने आशंका भएकाहरूले नियमित मकैको रोटी सेवन गर्दा उपचारमा सहयोग पुग्छ ।

– मकैको जुँगा पत्थरीको समस्यामा उपयोगी हुन्छ । मकैको जुँगालाई रातभरि पानीमा भिजाई बिहान छानेर उक्त पानी पिउँदा वा त्यसलाई पानीमा उमालेर काढा बनाएर पिउँदा चमत्कारी फाइदा प्राप्त हुन्छ ।

– मकैको पिठोबाट बनेका परिकार कलेजोका लागि पनि राम्रो मानिन्छ । यसमा पर्याप्त फाइबर हुने भएकाले पेट सफा रहन्छ । कब्जियत, पायल्स एवं पेटको क्यान्सर हुने सम्भावना समाप्त हुन्छ ।

– मकैको पहेँलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ, किनभने यसमा भिटामिन बी तथा फोलिक एसिड हुन्छ ।

– छाला चिलाउने समस्यामा मकैको चिल्लोले राहत पुर्याउछ । साथै मकैको पिठो वा चिल्लोले अनुहार सफा गर्दा छाला मुलायम एवं सुन्दर बन्छ ।

– मकैमा भिटामिन सी, क्यारोटिनाइड एवं बायोफ्रेलेवनाइड पाइने भएकाले मुटु रोगीका लागि यो निकै फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै रक्तसञ्चार सुचारु बनाउन सहयोग पुर्‍याउँछ ।

– फोलिक एसिडको राम्रो स्रोत भएकाले गर्भवतीहरूले मकैको परिकार नियमित सेवन गर्नु लाभदायिक हुन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु