adv

रणवीर र दीपिकाले नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्ने पक्का

लामो समय देखी प्रेम सम्बन्धमा रहदै आएका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह होला कि नहोला भनेर अन्यौल सबै तिर छाएको थियो तर अब, त्यो दिन सकिएको छ ।यही वर्षमा विवाह हुने वा नहुने भन्ने खबरहरु आईरहेको बेला अब भने विवाहको मिति टुंगो लागिसकेको छ । रणवीर र दीपिकाले यसै वर्षको नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएको छ ।

केही हप्ता अगाडि नोभेम्बर १० मा विवाह गर्न लागेको हल्ला चलेको थियो । त्यो हल्ला अहिले सही सावित भएको छ । विवाहको मिति टुंगो लगाउन धेरै समय लागे सँगै रणवीर सिंह र दीपिकाले आफ्नो विवाह एकदमै व्यवस्थित तथा सही तरिकाले सम्पन्न होस् भन्ने चाहना राखेका छन् । रणवीर, दीपिका साथै घर-परिवारका सदस्यहरुको लागि पनि नोभेम्बर १० को मिति अनुकुल भएकाले यो जोडीले उक्त मिति रोजेको बताईएको छ । विवाहको मिति केही हप्ता अगाडि मात्रै टुंगो लागेको हो ।

अहिले सम्म विवाह कहाँ हुने भन्ने टुङ्गो भने लागेको छैन । विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको बताईएको छ । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले पनि इटालीमा विवाह गरेर भारतमा रिसेप्सन राखेका थिए । दीपिका रणवीरले पनि त्यही बाटो पछ्याउन सक्ने सम्भावना पनि देखिएको छ ।

दीपिका र रणवीरको परिवारले राजस्थानको उदयपुरमा रहेको दरबारमा विवाह गर्ने सोच बनाएका थिए तर उक्त योजना पूरा हुन सकेन । अहिले दुवै परिवारमा विवाहको तयारी धमाधम चलिरहेको छ । दुलही पक्ष किनमेलका व्यस्त हुन थालिसकेका छन् भने अभिनेता रणवीर सिंह फिल्मी करियरको उचाइमा रहेको बेला आफ्नो विवाहलाई लिएर निकै उत्साहित छन् । किनकी अहिले उनको व्यावसायिक जीवन तथा व्यक्तिगत जीवन सफलताको उचाइमा पुगेको छ ।

उता दीपिका पादुकोण पनि विवाहका लागि भनेर समय साँचेर बसेकी छिन् । उनले पछिल्लो समयमा कुनै पनि फिल्म साइन गरेकी छैनन । यसलाई पनि विवाहसँग जोडेर हेरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु