adv

पेनाल्टीमा चुके रोनाल्डो, पोर्चुगलले ठूलो मौका चुकाउनुपर्ने निश्चित

विश्वकप फुटबल २०१८ मा सोमबार राति भएको खेलमा इरानसँग पोर्चुगलले १-१ गोलको बराबरी खेलेको छ ।

क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेको खेलमा पोर्चुगलका लागि रिकार्डो क्वारेज्माले पहिलो हाफको ४५औं मिनेटमा आन्द्रे शिल्भाको पासमा गरेको गोल नै जितका लागि निर्णायक बन्न पुग्यो ।

५३औं मिनेटमा पोर्चुगलले पेनाल्टी पाएको थियो । इरानी डिफेण्डर मुर्तजा पोउरागिलान्जीले रोनाल्डोलाई डिबक्सभित्र फल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भारले पोर्चुगलको पक्षमा पेनाल्टी करार गरेको थियो । तर, रियल मड्रिडका पोर्चुगिज सुपरस्टार रोनाल्डोको प्रहार इरानी गोलरक्षक अलिरेजा बेइरानभान्डले रोकेका थिए ।

नियमित ९० मिनेट पछी ६ मिनेट थपिएको इन्ज्यूरी समयको तेस्रो मिनेटमा इरानले पेनाल्टीको अवसर पायो । जसलाई करिम अन्सारीफार्डले गोलमा परिणत गरी रोनाल्डोको टोलीलाई बराबरीमा रोकेको थियो । बराबरीले पोर्चुगलले ठूलो मौका चुकाउनुपर्ने निश्चित देखिन्छ ।

यो बराबरीले सँगै पोर्चुगल समूह बी को उपविजेता बनेको छ र उसले क्वार्टरफाइनल प्रवेशका लागि समूह ए को विजेता उरुग्वेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यता समूह बी को विजेता स्पेनले उपविजेता घरेलु टोली रुससँग प्रतिस्पर्धा गर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु