adv

मोरक्कोसँग बराबरी खेल्दै स्पेन बन्यो समूह विजेता

विश्वकप फुटबलको समूह बी बाट विजेता बनेको स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

रुसको किलिनिंगार्ड रंगशालामा सोमबार राति अफ्रिकी प्रतिस्पर्धी मोरक्कोसँग शनशनीपूर्ण बराबरी खेल्दै स्पेन ५ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेकको हो । स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दा दुवै पटक पछि परेको स्थितिमा गोल गरेको थियो ।

खेलको १४औं मिनेटमै खालिद बोउटेवको गोलमार्फत मोरक्कोले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोस र अर्का अनुभवी खेलाडी आन्द्रेस इनिएष्टाबीचको तालमेत बिग्रँदा त्यसको फाइदा उठाएका बोउटेवले वान भर्सेस वानमा गोल गरेका थिए ।
तर, उसले धेरैबेर अग्रता बनाउन सकेन र १९औं मिनेटमै आन्द्रेस इनिएष्टाको पासमा रियल मड्रिडका स्टार इस्कोले क्लोज रेञ्ज शट प्रहार गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेका यी टोलीले दोस्रो हाफमा पनि एक–एक गोल गनए सफल भए । ७१औं मिनेटमा मोरक्कोका सब्सिच्युड स्ट्राइकर युसुफ एन नेस्रीले गोल गरे र टोलीलाई पुनः अग्रता दिलाए

खेलको इन्ज्यूरी समयमा सब्सिच्युड स्ट्राइकर लागो आसपासले गोल गरे । डिएगो कोष्टालाई ७४औं मिनेटमा प्रतिस्थापन गरेका आसपासले ड्यानियल कार्भाजलको पासमा गरेको गोल रेफ्रीले अफसाइड दिएका थिए ।

तर, भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता लिएपछि स्पेनको उद्धार भएको हो । त्यही गोलले स्पेन समूह विजेता बनेको हो ।

भारको निर्णयमा स्पेन भाग्यमानी बनेको जारी विश्वकपमै यो दोस्रो पटक हो । यसअघि इरानबिरुद्धको खेलमा इरानले गरेको बराबरी गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड करार गरिदिएका थिए ।

बराबरी पछि स्पेनको ५ अंक भएको छ । आजै इरानसँग एक एक गोलको बराबरी खेलेको पोर्चुगलको पनि समान ५ अंक नै छ । तर, गोलअन्तरका आधारमा स्पेनले पोर्चुगललाई उछिनेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु