adv
adv

बेलायतमा ‘ब्रेक्जिट’ मुद्दाले बढ्यो राजनैतिक संकट, दुई मन्त्रीले राजीनामा दिए

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा उत्पन्न राजनैतिक संकटका बीच दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री टरिजा मेसँगको असन्तुष्टिका कारण बेलायतका विदेशमन्त्री र ब्रेक्जिट मन्त्रीले राजीनामा दिएका हुन् । विदेशमन्त्री बोरिस जोन्सनले प्रधानमन्त्री मेको संसदमा सम्बोधन सुरु हुनुभन्दा आधा घण्टा अघि राजीनामा दिएका छन् ।

यसअघि आजै युरोपेली युनियनबाट बेलायतको बहिर्गमनका विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका ब्रेक्जिट मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका थिए , ।

डेभिसले राजीनामा दिएपछि बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ ।

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उहाँको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा यहाँ विचार विमर्श सुरु भएको छ ।

कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठेरोमा पर्न सक्ने पनि जनाएका छन् ।

इयुसँग वार्ता गर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त भएका थिए । तर ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् ।

यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन् ।

ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिनुभएका अडानका बारेमा उनको मतभेद पनि भएको बताइएको थियो ।

त्यसै कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । उहाँले राजीनामा दिए पनि सरकारभित्र भने उनको असन्तुष्टि नरहेको बताइएको छ । ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएका अडानहरुका बारेमा उनको मतभेद पनि भएको बताइएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु