adv

अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्रीलाई मुद्दा हाल्न सुझाव दिएको खुलासा

बेलायती प्रधानमन्त्री टेरिजा मेले यूरोपेली यूनियनमाथि मुद्दा हाल्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई सुझाव दिएको खुलासा गरेकी छन् ।

लण्डनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई ट्रम्पले ब्रेक्जिटको सम्बन्धमा कुराकानी गर्नुभन्दा ईयूमाथि मुद्दा हाल्न सल्लाह दिएको जानकारी दिइन् ।

संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले प्रधानमन्त्री मेलाई ब्रेक्जिटबारे आफूले एउटा सल्लाह दिएको तर मेका लागि कठिन हुने उल्लेख गरेका थिए ।

बीबीसीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्री मेले त्यो सल्लाह इयुविरुद्ध मुद्दा हाल्नु रहेको बताएकी हुन् । तर विश्लेषकहरुले भने ईयूविरुद्ध मुद्दा हाल्न बेलायतलाई कुनै आधार नभएको बताएका छन् ।

ब्रेक्जिटबारे मेले इयुसँग वस्तु व्यापारमा निकट सम्बन्ध राख्ने पक्षमा वकालत गर्दैै आएकी छन् । यही मुद्दाका कारण उनका दुई जना वरिष्ठ मन्त्री डेभिड डेभिस र बोरिस जोन्सनले राजीनामा गरिसकेका छन् ।

-एजेन्सी

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु