adv

चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक { हेर्नुहोस् भिडियो}

चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बरमा’ बोलको पहिलो गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रेकर्ड राख्दै गर्दा निर्माण टिमले चलचित्रमा समावेश दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ बोलको गीत सार्वजनिक गरेको हो ।

ज्योतिषले दिएको समयलाई मध्यनजर गर्दै आज सोमवार ठिक ११ बजे यो गीतलाई यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियो नवलपरासीस्थित सास्वत धाममा खिचिएको छ । भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचर्ड गरिएको छ ।

 

निशान भट्टराई र एन्जिला रेग्मीको सुमधुर स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको शब्द अर्जुन पोखरे र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले गीतको भिडियो खि चे का हुँ न् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा दीपिका र दीपकको जोडीलाई कमालको देख्न सकिन्छ ।

 

दीपाश्री निरौलाले निर्देशिन गरेको यस चलचित्रको खातामा अर्को हिट नम्बर थपिने देखिएको छ । संगीतपक्षकै कारण उक्त चलचित्रको दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो । पछि उमेर ढल्किन्छ… का कारण ‘छक्का पञ्जा ३’ लाई पनि ठूलो फाइदा हुने धेरेले अनुमान लगाएक छन् ।

चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । चलचित्रको कथा दीपकराज आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा रहेका छ न् । चलचित्रको डाइलग दीपक, केदार, जितु र यमन श्रेष्ठले लेखेका हुन् ।

 

दशैँमा रिलिज डेट पक्का गरिएको ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीले विशेष भूमिका निभाएकी छि न् भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा रहेका छन् । अभिनेत्री बर्षा राउतलाई भने ‘पहिलो नम्बरमा’ बोलको गीतमा मात्र देख्न सकिनेछ ।

भिडियो हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु