प्रदर्शनकोे मिती नजिकिदै गरेको चलचित्र ‘बाँध मायाले’ को ‘सँग-सँगै’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा नव-नायक किशोर खड्का र अभिनेत्री सृष्टि श्रेष्ठलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
सुगम पोखरेल र अञ्जु पन्तको सुमधुर स्वर रहेको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् । गीत मिठासपूर्ण र प्रेमभावपूर्ण छ । गीतमा सृष्टि र किशोरको केमेस्ट्री निकै राम्रो देखिएको छ ।
चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् भने बाबु श्रेष्ठले खिचेका छन् । द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठ रहेको छ ।
चलचित्रमा सृष्टि र किशोरका अलवा आर्यन अधिकारी, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय देख्न सकिन्छ । निर्देशक सविर श्रेष्ठ द्वारा निर्देशित यो चलचित्र असोज ५ गतेबाट रिलिज हुँदैछ ।
आर्यन र सृष्टिले ‘बाँध मायाले’ मा पहिलो पटक स्क्रिन शेयर गरेका हुँन् । चलचित्रमा आर्यन (अर्जुन) र सृष्टि (श्रद्धा) को भूमिकामा रहेका छ्न् । चलचित्रका शिर्ष गीतका कारण निकै चर्चामा रहेको चलचित्रको ट्रेलरले लभ, रोमान्स, विछोड र द्वन्द्व मिश्रित रहेको देखाउछ । जसको कारण दर्शकमा अझ कौतुहलता बढाएको छ ।
भिडियो हेर्नुहोस्: