adv

भुवन केसीको पूर्वपत्नी सुस्मिता केसीले गरीन् इन्गेजमेन्ट !

अभिनेत्री तथा अभिनेता अनमोल केसीका आमा सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग गएको ९ सेप्टेम्बरमा उनले टिकाटालो गरेकी हो । किलन स्वामी अष्ट्रेलियामा बस्दै आएका छन् । उनी अष्ट्रेलियाको एक धनाड्य व्यापारी हुन् ।

छोरा अनमोलकै सहमतीमा इन्गेजमेन्ट गरेको बुझिएको छ । पारिवारिक सहमतीमा नै स्वामीसँग इन्गेजमेन्ट गरेको सुस्मिताले आँफैले पनि बताएकी छन् । विवाह भने अर्को वर्षको भ्यालेन्टाइन डेमा हुने बताएका छन् ।

सन् २००१ मा अभिनेत्री सुस्मिताले अभिनेता भुवन केसीसँग डिभोर्स भएको थियो । त्यसयता सुस्मिता काठमाडौंमा लामो समयदेखि एक्लै डेरामा बस्दै आइरहेकी थिइन् । गत दुई वर्ष अगाडि सुस्मिताले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो ।

सुस्मिताले भुवनसँग चलचित्रमा काम गर्दैगर्दा सुरु भएको प्रेमललाई विवाहमा बदलेका थिए । तर, पछी भुवन र सुस्मिताको सम्बन्ध डिभोर्समा बदलिएको थियो ।

भुवन केसी भने केही वर्षदेखि अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा बस्दै आईरहेका छन् । अनमोल केसी भने बुवा सँगै बस्ने गरेका छन् । उनले आमा-बुबालाई मिलाएरै छाड्ने भनेर धेरैपटक बताएका थिए तर, अनमोल त्यस कुरामा सफल बन्न सकेनन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु