बलिउडका चर्चित अभिनेता गोविन्दा आफ्नी छोरी टिना अहुजासँग शनिवार काठमाडौं आइपुगेका छन् । उनी आइवार राजधानीमा हुने ‘एलजी फिल्म अवार्ड’ मा सहभागी बन्नका लागि नेपाल आएका हुँन् ।
उनकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी हुन् त्यसैले गोविन्दालाई नेपालको ‘ज्वाइँ’ पनि भन्ने गरिन्छ । गोविन्दा श्रीमतीसँग नेपाल आउने भनिएको थियो । तर, उनको श्रीमती विरामी परेका कारण आउन सकिनन् । गोविन्दा एक्लै भने आएका छैनन् ,उनको साथमा छोरी टिना अहुजा पनि आएकी छिन् ।
नेपाली बोल्न नआएपनि उनीहरु नेपाली भाषा राम्रोसँग बुझ्न सक्छन् । संचारकर्मिले नेपालीमा केही शब्द बोल्न आग्रह गरेपछि गोविन्दाले हिन्दी लवजमा नेपाली बोल्दै भने- ‘अलिअलि आउँछ, कस्तो छ ?’ गोविन्दाले नेपाली बोलेको सुनेपछि छेवैमा बसेकी छोरी मरी-मरी हाँसीन् ।
आफूलाई नेपाली बोल्न नआएपनि राम्रोसँग बुझ्ने उनले बताए । गोविन्दाले हाँस्दै भने-‘एकदिन नेपाली फिल्म खेल्छु अनि थाहा पाउनुहुन्छ । ‘
। गोविन्दाले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै प्रशंसा सेमत् गर्न भ्याए । पशुपतिनाथको दर्शन गर्न आफू धेरै चोटि नेपाल आउने गरेको उनले बताए ।
अवार्ड समारोहमा सहभागी मात्र हुने छैनन् उनी । पशुपतिनाथको दर्शन, चन्द्रागिरी हिल्सको भ्रमण, चौधरी ग्रुपसँग डिनर र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम समेत् उनको छ । स्रोतको अनुसार- उनी श्रीमती सुनिताका केही आफन्तसँग पनि भेटघाट गर्नेछन् ।
सन् २००९ मा काठमाडौं आएको बेला उनले भक्तपुरमा जग्गा किनेर घर बनाउने कुराल निकै चर्चामा आएको थियो । तर, त्यो कुरामा सत्यता नभएको उनले बताए । उनले भने – ‘खासगरि म पशुपतिनाथको दर्शनका लागि नै नेपाल आउँछु ।’ उनको नेपाल बसाई ३ दिनको रहनेछ ।