adv

साम्राज्ञी र बर्षाको यो कस्तो निकटता, रियल कि फेक? {फोटोसहीत}


अभिनेता-अभिनेता वा अभिनेत्री-अभिनेत्री बीच कम मित्रता र बढी दुश्मनी हुने गरेको सुन्ने गरिन्छ । जस्तै, अभिनेत्री आँचल शर्मा र पूजा शर्माको पछील्लो समयको गसी ब एउटा ताजा उदाहरण मान्न सकिन्छ । केही समय अगाडि त यी दुई अभिनेत्रीको भयंकर मित्रता देखिएको पनि थियो तर, अहिले ‘पानी बाराबार’ को हल्ला चलेको सुन्नमा आएको छ । अभिनेता तथा अभिनेत्रीहरुबीच ‘साचो र देखावाटी’ दुई खालको सम्बन्ध स्थापित भइरहेको बेला कसको सम्बध साचो र कसको झुठो भन्ने नै बुझ्न गाह्रो छ । देखावाटिका लागि त सबै ठिकठाक तर, वास्तविकतामा धेरैको सम्बन्ध पानी बराबरको सम्बन्ध रहेको धेरै नै सुन्नमा आईरहेको हुन्छ । निकै कम घुलमिल र काम मात्र अभिनेत्री साथी बनाउने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अभिनेत्री बर्षा राउतसँग निकै नजिक भएको छि न् । अहिले दुवैजना अभिनेत्री ‘सुर्य अवार्ड’ का लागि जापान पुगेका छन् ।

साम्राज्ञी सामाजिक सञ्जालमा औधि सक्रिय रहन्छिन् । प्रायः तश्बिरहरु भने आफ्ना मात्र शेयर गर्ने गर्छी न् । तर, जापान पुगेपछी साम्राज्ञीको मोवाइलमा उनको मात्र होईन अभिनेत्री राउत पनि कैद भएको देख्न सकिन्छ । उनले तश्बिरहरु फेसबुक र इन्स्ट्रामा शेयर गरेकी छन् । तश्बिरमा दुई अभिनेत्रीको आत्मियता गज्जबकै देखिन्छ ।

साम्राज्ञीले आफ्नो इन्स्ट्राग्राममा एक रमाइलो फोटो शेयर गरेकी छन्, जुन फोटोमा दुबै ऐना अगाडि आफ्नो सेल्फी लिँरहेका छन् । अझ रमाइलो कुरा त केछ भने साम्राज्ञीले जापान पुगेर जति पनि आफ्नो सिंगल तश्बिरहरु इन्स्ट्राग्राम र फेसबुकमा शेयर गरेकी छन्, ती सबै बर्षाले खिचिदिएकी हुन् ।

यतिबेला लगभग ५० जना कलाकार सँगै जापान पुगेका छन् । सबैले विभिन्न कलाकारसँगको तश्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् तर, साम्राज्ञी भने कहिँ देखिएकी छैनन् । फेरी, जहाँ बर्षा छिन् त्यहाँ भने उनी छुटेकी छैनन् । निर्देशक प्रदीप भट्टराईले लिएको सेल्फीमा स मे त् बर्षा र साम्राज्ञीलाई सँगै देख्न सकिन्छ ।
नेपाली चलचित्रका दुई अभिनेत्रिले जापानमा ‘रुम शेयर’ गर्नु परेर यस्तो निकटता देखिएको कि साच्चिकै दोस्ती बढेको हो ? त्यो भने हेर्न बाँकी नै छ । दुई सेलिब्रेटिको घनिस्टताले उनीहरुका फ्यानलाई भने अवश्य खुसी बनाएको छ । साम्राज्ञी र बर्षालाई दिगो मित्रताका लागि धेरै धेरै शुभकामना !

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु