adv

सुस्मिताको इन्गेजमेन्ट पछि पुर्व पती भूवनले यस्तो भने

नायिका तथा निर्मात्री सुस्मिता केसीले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । अष्ट्रेलियाका व्यापारी किलन स्वामीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । सुस्मिताको इन्गेजमेन्ट पछि यस बिषयलाई लिएर विभिन्न खालका टिकाटिप्पणीहरु आईरहेका छन् ।

यही बेला सुस्मिताका पूर्व पति नायक भूवन केसीले यस बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भने- ‘उनलाई म सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु । अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनी आफैले लिएकी थिइन् । यो बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।’

भूवनले बताए अनुसार नायक अनमोल केसी ५ बर्षको हुँदा उनी र सुस्मिताविच डिभोर्स भएको थियो । उता सुस्मिताले भने किलनसँग बिहे गर्ने तयारी गरिरहँदा आफ्नो जीवन पूर्ण भएको बताइरहेकी छिन् । सुस्मिताले सन् २०१९ को भ्यालेन्टाइन डेमा किलनसँग बिहे गर्ने भएकी छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु