adv

‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर हेर्नुहोस् {पोस्टर}

दशैँको छेक पारेर प्रदर्शनमा आउने भनिएको प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पाँच जना पात्रलाई फिचर्ड गरिएको देख्न सकिन्छ ।

उक्त पोस्टरमा प्रदर्शन मिति भने राखिएको छैन । निर्माता तथा कलाकार दीपकराजका अनुसार, ट्रेलरमा चलचित्रको प्रदर्शन मिति राखिनेछ । शनिवार यस चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक हुने निर्मार्ण टिमले बताएका छन् ।

दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ आ-आफ्नो चरित्रमा प्रस्तुत छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुतिमा निर्मार्ण भएको चलचित्रलाई दीपाश्री निरौलले निर्देशन गरेकी हुन् ।

चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय देख्न सकिनेछ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालालाई भने गेस्ट रोलमा देख्न पाइनेछ ।

यस चलचित्रको कथा दीपक राज गिरिले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । ‘छक्का पञ्जा ३’ को डाइलग भने दीपक, केदार, जितु र यमन श्रेष्ठले मिलेर लेखेका हुन् । चलचित्र असोज २४, असोज २५ र असोज ३० मध्ये एक मितिमा आउने चर्चा छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु