चलचित्र ‘चङ्गाचेट’ मा समावेश ‘ढल्की ढल्की’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हाबी छन् ।
आयुष्मान र प्रियंकाको केमेष्ट्रीलाई भिडियोमा बढी फोकस गरिएको छ । तर, दर्शकले भने भिडियोमा छोटो समय मात्र देखिएकी नायिका परमिता आर एल राणालाई अत्याधिक रुचाएका छन् । चलचित्रमा परमिताको जोडीको रुपमा कलाकार सन्दिप क्षेत्री फिचर्ड छन् ।
परमिताको स्टाइल, उनको अभिनय र पहिरनलाई दर्शकले सर्वाधिक मन पराएको युट्युब कमेन्टबाट वुझ्न सकिन्छ । भिडियोमा थोरै मात्र देखिएकी परमिताले दर्शकको मन जितेको प्रतिक्रिया राम्रै सँग बुझ्न सकिन्छ । माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण गरेको यस चलचित्रलाई दिपेन्द्र के खनालको निर्देशन गरेका छन् । यो चलचित्र कात्तिक १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ।