adv

यात्राको तयारीमा हुनुहुन्छ भने, तपाईंले यी कुराहरुमा ख्याल राख्नैपर्छ-

दशैं, तिहार होस् या अन्य कुनै पनि चाडवाड हामी त्यही अवसरमा आफ्नो पूख्यौंली थलो पुग्ने गर्छौं वा हामीमध्ये धेरैले लामो यात्रा तय गर्नुपर्ने हुन्छ । यात्राका क्रममा धेरै झोलीझ्याम्टा बोक्नु अवश्य सबैलाई दिक्कलाग्दो हुन्छ । एकातिर गाडीमा व्यवस्थित गर्न गाह्रो, अर्कोतिर हराउने डर पनि ।

त्यसैले, यात्रामा सरसामनहरु सुरक्षित राख्नका लागि त्यही किसिमको ब्याग अर्थात झोला खरिद गर्नुपर्ने हुन्छ ।

दशैंमा मात्र होइन, अरु बेला पनि यात्राका लागि हामीले ब्याग कस्तो खरिद गर्ने भन्ने कुरामा ध्यान राख्न आवश्यक छ । सुन्दा सामान्य लाग्न सक्छ तर, यात्राको क्रममा व्यागको धेरै ठूलो भूमिका खेल्छ । यदी तपाईंले सही ब्याग छनौट गर्न सक्नुभएन भने यात्रा झन्झटिलो र अव्यवस्थित बन्न्सक्छ । त्यसैले ब्याग छनौट गर्ने कुरामा ध्यान दिन अत्यन्तै आवश्यक छ । के कुरामा,कस्तो कुरामा ध्यान दिन आवश्यक हुन्छ त त्यस बारेमा केही जानिराखौ ।

के कुरामा ध्यान दिने ?

यात्राको तयारी गर्दा ससानो कुरामा पनि ध्यान दिनुपर्छ । यात्राको लागि लगेज छनौट गर्दा ब्यागमा धेरै ठाउा होस्, वाटरप्रुफहोस् साथै यो हल्का पनि होस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कस्तो यात्रामा कुन ब्याग किन्ने ?

लामो यात्राको लागि रकस्याक र ट्रली ब्याग सही हुन्छन भने छोटो यात्राको लागि ब्यागप्याक उपयुक्त हुन्छन् । हरेक पटक फरक यात्राको लागि नयाा ब्याग किन्न सम्भव हुादैन ।

यस्तोमा तपाइर्ंले आफूसाग ब्यागको एकदुई भेराइटी राख्न उपयुक्त हुन्छ जसलाई तपाईं ट्राभलिङको हिसाबले प्रयोग गर्न सक्नुहुन्छ ।

ट्रेकिङलाई, इन्टरनेशनल र रोड ट्रिप गरी हरेक ठाउको लागि फरक-फरक किसिमको ब्यागको आवश्यकता पर्छ ।

त्यसो भए कुुन खालको ब्याग किन्ने ?

ब्याग-प्याक

सामान्य रुपमा ब्यागप्याकमा एउटा गोजी हुन्छ र बीचमा धेरै ठााउ हुन्छ जहाा तपाईं आफ्नो आवश्यकताको सामान राख्न सक्नुहुन्छ । केही मानिसहरुको लागि यति स्थान पर्याप्त हुन्छ तर केही मानिसहरुको लागि भने हुादैन ।

यदि तपाईं हरेक चीजको अलग अलग प्याकिङ गर्नुहुन्छ भने यस्तो ब्याग छान्नुहोस् जसमा सामान राख्नको लागि फरकफरक गोजी छन् । कपडा, जुत्ता, मेकअप र अरु सामान हरेकको लागि फरक फरक ठााउ । यसले सामान खोज्नमा समय बर्बाद हुादैन ।

पाङ्ग्रावाला ब्याग-प्याक

पाङ्ग्रावाला ब्यागप्याकको एउटा फाइदा छ, आवश्यकता पर्दा तपाईंले यसलाई तपाईं कााधमा पनि बोक्न सक्नुहुन्छ । एड्भेन्चर टि्रपमा जाादै हुनुहुन्छ भने त्यहााबाट यसलाई लैजान सजिलो हुन्छ । त्यसैले आफ्नो ट्राभल एसेसोरिजमा यस खालको ब्याग समावेश गर्नुहोस् ।

वाटरप्रुफ  ब्याग छान्नुहोस् 

यात्राको लागि ब्याग छान्दा त्यो वाटरप्रुफ होस् भन्नेमा पनि विशेष रुपमा ध्यान दिनुहोस् । वाटरप्रुफ ब्याग भएमा मौसम जस्तो भएपनि तपाईंको सामान सुरक्षित हुन्छ । तपाईंले सेमी वाटरप्रुफ ब्याग पनि लिन सक्नुहुन्छ ।

त्यस्तै ब्यागको फेबि्रक धेरै बाक्लो हुनुपर्छ तर तौल भने कम हुन पर्छ । यस्तो भएमा तपाईंले त्यसलाई सजिलैसाग बोक्न पनि सक्नुहुन्छ ।

बलियो र आकर्षक छ कि छैन ?

यात्राको लागि ब्याग किन्दा ब्याग कत्तिको बलियो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यात्राको लागि बलियो ब्याग उपयुक्त हुन्छ । कहिलेकााही ब्यागमा क्षमता भन्दा अलिकति बढी सामान राख्दैमा ब्याग फाट्ने, चेन नलाग्ने जस्ता समस्या देखिन्छन् ।

त्यसैले ब्याग बलियो छान्नुपर्छ साथसाथै देख्नमा पनि थोरै आकर्षक हुनुपर्छ । ब्याग कपडा र फुटवेयर्स जति स्टाइलिस नभएपनि कम्तीको भने हुन हुँदैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु