adv

२५ सय बर्ष अगाडिको प्रेमकथा

 

 

 

नेपाली कथानक चलचित्र ‘प्रेमनाथ’को फस्टलुक र ट्रेलर काठमाण्डौमा एक कार्यक्रम आयोजित गरि सार्वजनिक गरिएको छ । एक्सनले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । तीन मिनेट लामो चलचित्रको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सलाई देखाइएको छ ।

गणेश बेलवासेले निर्देशन गरेका चलचित्रमा २५ सय बर्ष अगाडिको प्रेमकथा प्रस्तुत गरिएको छ । चलचित्रमा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राइ लगायतको अभिनय छ।

चैत्र २२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रबाट कृती गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाण्डौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा खिचिएको यो चलचित्रका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद द्धा कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु