adv

चलचित्र ”प्रसाद” यूएईका विभिन्न शहरमा प्रदर्शन

नेपाली चलचित्र ”प्रसाद” बिहीबारबाट यूएईका विभिन्न शहरमा प्रदर्शन  भईरहेको छ । यूएईका ११ वटा सिनेमा हलमा ”प्रसाद” प्रदर्शन हुँदैछ ।

प्रेम दिवसको अवसर पारेर यूएईमा प्रदर्शन हुन लागेको ”प्रसाद” को पहिलो दिनका टिकट सबै बिक्री भइसकेको संयोजक आशिष पुरुषले जानकारी दिनुभयो ।

नेपालमा विकास नेटवर्क मार्फत विकास सुवेदी र आशिष पुरुषले मध्यपूर्वमा ”प्रसाद” भित्राउनु भएको हो । चलचित्र ”प्रसाद” बाँझोपनका कारण दाम्पत्य जीवनमा पारेको समस्या र त्यसले नेपाली समाजमा पारेको सामाजिक असरका विषयमा केन्द्रित भएर आम नेपाली भोगाइको व्यथा बोकेको चलचित्र भएकाले यूएईमा धेरैले ”प्रसाद”को प्रतिक्षा गरेका छन ।

नेपालमा १ सय १ दिन मनाउने क्रममा रहेको प्रसादले विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । चलचित्रले अष्ट्रेलियामा नियमित ३५ शो गरिसकेको छ ।

लामो समय चलचित्र पत्रकारिता गरेका पत्रकार सुशील पौडेलले लेखेको कथा तथा सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै प्रसादमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्वलगायतका कलाकारले अभिनय गर्नुभएको छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन रहेको एसोसियट निर्देशक विकास सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

सन् २०१६ बाट यूएईका सिनेमा हलहरुमा नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन हुँदै आएका छन् । चलचित्र ”प्रसाद” यूएईमा बलिउड सिनेमा हलमा समेत प्रदर्शन हुँदैछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु