adv

चलचित्र ”सम्हालिन्छ कहिले मन” को छायांकन लण्डनबाट सुरु

त्रिकोणात्मक प्रेम कथामा तयार हुने चलचित्र ”सम्हालिन्छ कहिले मन” को छायांकन सुरु भएको छ । केही दिन अघि मात्रै चलचित्रको छायांकनको लागि लण्डन उडेको ”सम्हालिन्छ कहिले मन” को टिमले लण्डनबाट चलचित्रको छायांकन सुरु गरेको हो ।

छायांकको पहिलो दिनमा चलचित्रका मुख्य दुई कलाकार पूजा शर्मा र सोनम थोप्देनले सर्ट दिएका थिए ।

झण्डै ५० दिनको छायांकन सेड्यूलको साथमा लण्डन पुगेको ”सम्हालिन्छ कहिले मन” को टिमले लण्डनसँगै स्कटल्याण्ड, वेल्समा पनि छायांकन गर्नेछ । लण्डन पछि सिनेमाको छायांकन नेपालको मुस्ताङमा हुनेछ ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमामा पूजा र सोनमका अलावा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

अमित बस्नेतको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल छन् । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी तथा महेश दवाडीको कथा रहेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु