adv

‘क्याप्टेन’ गीत सार्वजनिक, भुवन र अनमोलसँग निरुताको रोमान्स (भिडियो)

चलचित्र ”क्याप्टेन” को दोस्रो गीत सार्वजनक भएको छ । ”रहर छ सँगै” बोलको रोमान्टिक गीतले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले शुक्रवार लोकलयको ”कर्ली कर्ली कपाल” बोलको गीत सार्वजनिक गरेको हो ।


गीतको भिडियोमा भुवन केसी निरुता सिंहल र अनमोल केसी फिचर्ड छन् । भुवन र अनमोलसँग निरुताको जोडी गजब देखिएको छ । यसमा रेनशा वान्तवा राईको कोरियोग्राफी छ । गीतमा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ ।
चलचित्र एक मध्यमवर्गीय युवकले राष्ट्रिय टिमको फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित भएर निर्माण गरिएको छ ।


एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका रचनाकार हर्क साउद र मनिष ढकाल हुन् । यस गीतले फिल्मको हाइप निर्माणमा थप मद्दत गर्ने निर्माण टिमको विश्वास छ ।

चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायांकन छ । भुवन केसी निर्मित चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । यो चलचित्र’ फागुन १७ मा रिलिज हुँदैछ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु