adv

”प्रेम दिवस” को दुई रोमान्टिक पोस्टर सार्वजनिक !

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर अर्को वर्षको जेष्ठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ”प्रेम दिवस” को दुई रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक दुई पोस्टर मध्ये एकमा अभिनेत्री प्रियंका कार्की आफ्नो ”रियल एण्ड रिल” प्रेमी आयुष्मान देशराजसँग रोमान्टिक मुडमा देखिएकी छन् । साथमा नव-नायक विशाल खरेलसँग पनि उनी प्रेमिल भावमा प्रस्तुत छिन् । दोस्रो पोस्टरमा भने प्रियंकालाई आयुष्मानको अंगालोमा खुसी मुद्रामा देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरले प्रियंकको जोडी को ? भन्ने विषयमा अन्योल सृजना भएको छ । उनी आयुष्मान र विशाल दुबैसँग रोमान्टिक अवतारमा देखिएकी छन् । पोस्टरले एउटा कुरा चाहिँ के स्पष्ट पार्छ भने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । पोस्टरमा दुई नायकसँग प्रियंकाको केमेस्ट्री सुहाएको देखिन्छ ।

”तिम्रो छेउ सरुँकी म” गीतका कारण चर्चामा रहेको चलचित्र ”प्रेम दिवस” लाई ”राधा” फेम्ड निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्र एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । मनिष दाहाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु