adv

चलचित्र ”फिङ्गर प्रिन्ट” को अफिसियल ट्रेलर सार्वजनिक {भिडियो}

नविन निरौला निर्देशित चलचित्र ”फिङ्गर प्रिन्ट” को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ट्रेलरले प्रष्ट पार्छ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन् ।

चलचित्रमा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् । शंकर आचार्य र अनिल श्रेष्ठ सह-निर्माता रहेको चलचित्र मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको बताईएको छ ।

चलचित्रमा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रमा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुनसक्ने अपराध लगायतका बिषय प्रस्तुत गरिएको छ ।

चलचित्रको ‘चाहिँदैन भो’ गीत यसअघि नै सार्वजनिक भइसकेको छ । नविननकै लेखन र सम्पादन रहेको चलचित्र ”फिङ्गर प्रिन्ट” फागुन १० गते बाट प्रदर्शनमा आउदैछ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु