adv

पिसाब रोक्दा यस्ता खतराहरु ! पिसाबको रङ्ग अनुसार यस्तो समस्या हुनसक्छ । जानिराखौ-

पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिना जस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।

पिसाब थैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ?

मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको उत्पादनमा भर पर्छ । यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ ।

जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।

पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ ।

हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गर्याे भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।

कहिल्यै पनि पिसाब गरिरहेको बेलामा झ्वाट्ट रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्र मार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।

१. इन्टस्र्टिशल सिस्टाइटिस
यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ ।

अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ ।

२.मिर्गौला फेल
पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पुर्याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् ।
यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।

३. पिसाबको रंग गाढा हुन्छ
लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थको सेवनले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।

४. पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ
यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।

 

 


तपाइको पिसाबको रङ्गले बताउँछ, तपाईँलाई के भइरहेको छ ?

मानिसको शरिर पनि अचम्मको हुन्छ । शरिरको कुनै भागमा देखिएको केहि फरक चित्रले शरिरमा भएको परिवर्तनको संकेत गर्छ । जस्तै पिसाबको रंग विचार गर्नुहोस् । पिसाबको रंग शरिरको अवस्था अनुसार फरक फरक हुन्छ । यसैले, बुझ्नु पर्ने कुरा के छ भने पिसाबको रंगले शरिरमा भएको परिवर्तनलाई संकेत गर्छ ।

पिसाबको रंगले शरिरमा भएको कस्तो परिवर्तन अथवा रोगको संकेत गर्छ आउनुहोस् जानिराखौ ।

-रंगहिन पारदर्शी पिसाब
यदि तपाईको पिसाब रंगहिन पारदर्शी छ भने यो पनि राम्रो संकेत भने होइन । यसको अर्थ हो तपाईले धेरै पानी पिउँनु भएको छ र पानीको मात्रा घटाउँनु पर्ने भएको छ ।
कतिपयलाई के भ्रम छ भने पानी झै रंगहिन पिसाब हुनु राम्रो कुरा हो तर, यो गलत हो । किनकि, भनाई नै छ अतिले खति गर्छ । पिसाब सामान्य अवस्थामा पिसाब जस्तै हुनुपर्छ । एकदमै बढि पानी पिउँदा किड्नीले रगत छान्न पाउँदैन र रगत शुद्ध हुन समस्या हुन्छ ।

-फिक्का पराल रंग
स्वास्थ्य मानिसको पिसाब फिक्का पराल रंगको हुन्छ । यसले तपाईको स्वास्थ्य ठिक छ र पानीको मात्रा पनि ठिक्क छ ।

-गाढा पहेँलो
गाढा पहेँलो रङ्को पिसाब आउछ भने तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ तर, तपाईको शरिरमा पानीको मात्रा अलिक कम छ । पानीको मात्रा हलुका बढाउँनुहोस् ।

-मह रंग
महको जस्तो रंगको पिसाब आउँनुको अर्थ हो, तपाईको शरिरमा पानीको अभाव भएको छ । प्रशस्त पानी पिउँनुहोस् ।

-खैरो जाँड रंग
खैरो जाँड रंगको पिसाब आउछ भने तपाईको कलेजोमा समस्या भएको हुनसक्छ । अथवा नीर्जलिकरण भएको हुन सक्छ । यस्तो अवस्थामा तपाईंले प्रशस्त पानी पिउँनुहोस् ।

-फिक्का गुलाबी
फिक्का गुलाबी रङ्को पिसाब आउछ भने के तपाईले ऐसेलु वा काफल खाएको हुनुपर्छ, होइन भने तपाईको पिसाबमा रगत आएको हुनसक्छ वा यसले मृगौलाको समस्यालाई संकेत गरेको हुनसक्छ । त्यसैले, तुरुन्तै अस्पताल गइ चिकित्सकको सल्लाह लिनुहोस् ।

-सुन्तला रंग
यस्तो रंगको पिसाबले दुइवटा कुरा संकेत गर्छ । पहिलो, तपाईले पर्याप्त पानी पिउँनु भएको छैन । दोस्रो, तपाईको कलेजो खराब भएको हुनसक्छ । यस्तो अवस्थामा पनि तपाईंले तुरुन्तै, चिकित्सकको सल्लाह लिनुहोस् ।

-हरियो अथवा निलो रंग
हरियो अथवा निलो रंगको रंगिन पिसाब आउँनु दुर्लभ अनुवांशिक समस्या पनि हुनसक्छ । आफ्नो परिवारमा अरु कसैलाई यस्तो भएको थियो कि थिएन भनेर सोधिखोजी गर्नुहोस् । कुनै व्याक्टेरियल इन्फेक्सन वा औषधीका कारणले पनि यस्तो हुनसक्छ । र, जुन अवस्था भएपनि चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ ।

-वैजनी रंग
वैजनी रंगको पिसाब आउछ भने चिन्ता नलिनुहोस्, यस्तो वैजनी रंगको पिसाब कहिलै देखिदैन । वरिपरीको प्रकाशको कारणले यस्तो देखिएको हुनसक्छ ।

-फिँजयुक्त पिसाब
तपाईको खानामा प्रोटिनको मात्रा बढि भएका पिसाबमा बढि फिँज देखिन्छ । तर, सँधै जसो पिसाबमा फिंज देखिन थाल्यो भने चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु